अङ्गीकृत नागरिकता वितरणले राष्ट्रियतामा नै खतरा हुनसक्छ : गृहमन्त्री थापा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नागरिकताको कारण कैयौं राष्ट्रको अखण्डता गुमेको कारण यस प्रति सरकार गम्भीर रहेको बताएका छन् । 

आइतबार राज्य व्यवस्था समितिकमा नागरिकतासम्बन्धी उठेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले भने, ‘नागरिकताका कारण कैयौं राष्ट्रको अखण्डता गुमेको देखेका छौं, यस प्रति हामी संवेदनशील हुनुपर्छ ।’

साथै विदेशी नागरिकले नेपाली नागरिकता लिएको विषयमा समेत छानबिन हुने बताउँदै उनले भने, ‘लाखौं विदेशीलाई नेपाली नागरिकता वितरण गरिएको छ । र त्यसमा ठूलो आर्थिक चलखेल समेत भएको छ । यस बारे छानबिन हुन्छ ।’ 

उनले भने, नागरिकताकै करण राष्ट्रियतामा नै खतरा पर्न सक्छ । त्यसैले यसलाई ठी ढंगले हल गर्न आवश्यक छ । 

‘राष्ट्रिय अखण्डतामाथि असर पर्ने कुराहरु छन् । अङ्गीकृत नागरिकता वितरणमा ध्यान दिइएन भने राष्ट्रियतामाथि नै खतरा हुन्छ’ उनले भने ।

जन्मको आधारमा नागरिकता, वंशजको आधारमा नागरिकता, अङ्गीकृत नागरिकता, गैरआवासीय नागरिकता छन्, गृहमन्त्री थापाले भने । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?