चाईनिज पेस्तोलसहित मुखिया पक्राउ

सुनसरी । सुनसरीबाट चाईनिज पेस्तोलसहित प्रहरीले एक जना पक्राउ परेको छ । 

शनिबार दिउँसो बिआर ५० एफ ३२०६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा प्रहरीले सुनसरी कोशी गाँउपालिका–८ भाण्टाबारी चारकुनेस्थित दशगजा क्षेत्रबाट १ थान र खाली म्याग्जिन १ थान सहित पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा भारत भिमनगर ४ सुपोल बिहार बस्ने २३ वर्षीय रंजितकुमार मुखिया छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?