नेविसंघको म्याद तीन महिना थप गर्ने निर्णय, होला त महाधिवेशन ?

काठमाडौं । नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघको म्याद तीन महिना थप गर्ने बताएको छ । 

कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच वर्तमान कार्यसमितिको म्याद थप गरेर महाधिवेशन गराउने जिम्मा दिन सहमति भइसकेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । 

प्रवक्ता शर्माका अनुसार आज दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने कांग्रेस केन्द्रीय समितिको म्याद थपबारे सार्वजनिक गर्ने छन् ।  

सहमतिमै दुवै नेताले वर्तमान कार्यसमितिलाई महाधिवेशन गर्ने जिम्मा दिन तयार भएका हुन् । 

महाधिवेशन गर्न भन्दै थपिएको नेविसंघको तीन महिने कार्यकाल आजबाट सकिँदैछ ।

शनिवार नेविसंघबारे निर्णय गर्न बोलाएको कांग्रेस केन्द्रीय समिति बैठकमा सहमति जुट्न नसकेपछि आज पुन बैठक बस्न लागेको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?