काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सबै तहको कमिटी एकीकरण टुंग्याउन मंसिर ६ गते सचिवालय र स्थायी कमिटी बैठक बस्ने भएको छ ।
नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सचिवालय र स्थानीय कमिटीको बैठक मंसिर ६ गतेदेखि बोलाउने विषयमा छलफल भइरहेको महासचिव विष्णु पोडेलले बताए
महासचिव पौडेलका अनुसार सचिवालय बैठकमा पार्टी एकीकरणका सबै मोडल र प्रस्तावहरुमाथि छलफल हुने बताए । साथै त्यसलगत्तै स्थायी कमिटी बैठक बसेर एकीकरण अघि बढाइने पनि उनले बताए ।
सचिवालय र स्थायी कटिमी बैठक लगत्तै प्रदेश, जिल्ला र जनवर्गाीय संगठनहरुको एकीकरण अघि बढाइने छ । तर, स्थानीय तह र वडा तथा प्रारम्भिक कमिटीहरुको एकीकरण भने प्रदेश र जिल्ला कमिटीहरुले गर्ने महासचिव पौडेलले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया