काठमाडौं। शनिबार कांग्रेस नेताहरू नेपाल विद्यार्थी संघका आफ्नै नेता कार्यकर्ताहरूको घेराबन्दीमा परेका छन् ।
नेविसंघको १२औं महाधिवेशन अनिश्चत हुँदै गर्दा पार्टी कार्यालय सानेपामा कांग्रेस शीर्ष नेताहरू आफ्नै विद्यार्थीहरूको घेराबन्दीमा परेका हुन् ।
माउपार्टीले संगठनको अधिवेशन अनिश्चिततातिर धकेलेको भन्दै आक्रोशित विद्यार्थी नेताहरू महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्नुपर्ने र वर्तमान समितिलाई भंग गरेर तदर्थ समिति गठन गर्दै अघि बढ्नुपर्ने दुई फरक मागसहित नाराबाजीमा उत्रिएका थिए ।
तर विवादबीच सात घण्टा ढिला गरी साँझ साढे ७ बजे बसेको केन्द्रीय समिति बैठक ५ मिनेटमा नै स्थगित भयो । बैठकले नेविसंघबारे के गर्ने भन्ने निर्णय लिने बताइएको थियो । तर निर्णय भएन ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले अर्काे बैठक आइतबार दिउँसो २ बजे बस्ने गरी स्थगित भएको जनाए ।
‘नेविसंघका बारे नेताहरूबीच के निर्णय लिने भन्ने विषयमा निचोडमा नपुगेका कारण बैठक स्थगित भयो, आइतबार २ बजे फेरि बैठक बोलाइएको छ,’ प्रवक्ता शर्माले भने । राजधानी दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया