काठमाडौं । सोमबार दिउँसो काठमाडौं महानगरले डोजरसहित थापाथलीको सुकुम्बासी बस्ती हटाउन पुगेपछि अझैसम्म त्यहाँको माहोल अशान्त रहेको छ ।
३० दिने सूचना जारी गर्दै महानगरले बस्ती खाली गर्न भनेको थियो । तर सुकुम्बासी तथा भूमिहीनहरुको कुनै प्रबन्ध नगरी बस्ती हटाउन लागिएको भन्दै सोमबार महानगर प्रहरी र सुकुम्बासीहरुबीच ढुंगामुढा र लाठिचार्ज भएको थियो ।
आक्रोशित सुकुम्बासी बस्तीको टोलीले आज काठमाडौं महानगरपालिका कार्यालय अघि समेत प्रदर्शन गरेका थिए । थापाथलीस्थित बागमतीको किनारमा अहिले पनि उनीहरु टायर, ढुंगा काठ लगायतका वस्तुसहित बाटो छेकेर बसेका छन् ।
काठमाडौं महानगरले आज पुनः बस्तीमा डोजर चलाउने भन्ने सूचनाको आधारमा उनीहरु त्यहाँ तयारीका साथ बसिरहेका छन् ।
आजै काठमाडौं महानगरका मेयर बालेन शाहले सुकुम्बासीहरुको समस्या समाधानका लागि पहल गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग समेत छलफल गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया