५२५ जनालाई पुनः श्रम स्वीकृति प्रदान, सार्वजनिक बिदाका दिनसमेत खुला

काठमाडौँ- वैदेशिक रोजगार कार्यालय ताहाचलले आज शानिबारसमेत पुनः श्रम स्वीकृति जारी गरेको छ ।

बिहान १० देखि अपराह्न ३ बजेसम्म कार्यालयमा आएका ५२५ जनालाई श्रम स्वीकृति प्रदान गरेको कार्यालय प्रमुख युवराज खतिवडाले जानकारी दिए ।

चाडपर्व सकिएसँगै वैदेशिक रोजगारीका क्रममा विदेशिने युवाको चाप बढेकाले सार्वजनिक बिदाका दिनसमेत श्रम स्वीकृति जारी गरिएको उनले बताए ।

नेपाल सरकारले रोजगारीका लागि खुला गरेको १७२ देशमा कामका लागि जाने नेपालीलाई उक्त कार्यालयले व्यक्तिगत र संस्थागत श्रम स्वीकृति जारी गर्दै आएको छ । हाल दैनिक एक हजारभन्दा बढीले नयाँ श्रम स्वीकृति, पुनःश्रम स्वीकृति लिने गरेका कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?