काठमाडौं । दिउँसो २ बजेका लागि बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठक सुरु हुन ढिलाई भएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा नेविसंघका नेता कार्यकर्ताले चर्को नाराबाजी थालेपछि बैठक प्रभावित बन्न पुगेको छ । नेविसंघभित्रको रामचन्द्र पौडेल र कृष्ण सिटौला निकटका नेता कार्यकर्ताले तत्काल महाधिवेशनको माग गर्दै पार्टी नेतृत्वविरुद्ध नाराबाजी गरिरहेका छन् ।
उनीहरुले टीकेप्रथाबाट नेविसंघको नेतृत्व ल्याइन खोजिएको, विधान पारित गर्न ढिलाइगरिएको लगायतमा असन्तुष्टि जनाउँदै सभापति शेरबहादुर देउवालगायतका नेताहरुविरुद्ध नाराबाजी गरेका हुन् । पार्टी कार्यालय अगाडी नाराबाजी गर्न नेविसंघ नेताहरु सरोज काफ्ले, सुशील भट्टलगायतका नेविसंघका प्रभावशाली नेताहरुका साथै कार्यकर्ताहरु सहभागि भएका छन् ।
कांग्रेसको आजको बैठकमा भोलिदेखि नेविसंघ स्वत विघटन हुने भएकाले कसरी अघि बढ्नजे भन्नेमै केन्द्रीत रहने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया