यसकारण नेपाल नआउने भए भारतीय गृहमन्त्री राजनाथ सिंह

जनकपुर । भारतीय गृहमन्त्री राजनाथ सिंहको जनकपुर भ्रमण रद्द भएको छ । 

आगामी मंसिर २६ गते जनकपुरमा हुने रामजानकी विवाहपञ्चमीको अवसरमा जन्ती बनेर गृहमन्त्री सिंह जनकपुर आउन कार्यक्रम थियो । तर, उनी जनकपुर आउने कार्यक्रम रद्द भएको हो ।  

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउने कार्यक्रम स्थगित भएको थियो । प्रधानमन्त्री मोदीको भ्रमण स्थगित भएपछि गृहमन्त्री सिंह भने जनकपुर आउने निश्चित थियो । 
जानकी मन्दिर व्यवस्थापन समितिका अनुसार गृहमन्त्री सिंह पनि नआउने निश्चित भएको छ । 

यद्यपी उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ भने रामजानकी विवाहपञ्चमी महोत्सवमा  सहभागी हुने जानकी मन्दिरका महन्थ रामरोशन दास वैष्णवले बताए ।

भारतीय राजदूत मञ्जिभसिंह पूरीले शुक्रबार जनकपुरमा आएर गृहमन्त्री सिंहको भ्रमण स्थगित भएको औपचारिक जानकारी गराएको थिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?