काठमाडौं । निर्वाचनको पूर्ण परिणाम नआउँदै मुख्य राजनीतिक दलहरु सत्ता समिकरणको अभ्यासमा लागेका छन् ।
सो क्रममा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग गठबन्धनमा आवद्ध मुख्य राजनीतिक दलका शीर्ष नेताहरुले भेटघाट गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा देउवासँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भेटघाट गरेका छन् । सोमबार बिहान छुट्टाछुट्टै भेटघाट भएको र भेटघाटका क्रममा निर्वाचनको समिक्षा र सत्ता समीकरणका विषयमा छलफल भएको बताइएको छ ।
निर्वाचनको परिणाम नै आइनसक्दा कांग्रेसभित्र धेरै नेताहरु प्रधानमन्त्रीको दाबेदारी गरिहेका छन् । हालसम्म वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगनकुमार थापा , पूर्व महामन्त्रीद्य प्रकाशमान सिंह र डा. शशांक कोइरालासहित अन्य नेताहरुले दाबी गरिरहेका छन् ।
यता माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीको दाबेदार रहेका छन् ।
यता नेकपा एमाले पनि माओवादीसहितका अन्य राजनीतिक दलहरुलाई मिलाएर सरकार बनाउने खेलमा लागेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया