डडेल्धुरामा जीप दुर्घटना : २ को मृत्यु ४ को अवस्था गम्भीर

डडेल्धुरा । डडेल्धुरामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । 

भागेश्वरको बोकटाबाट सदरमुकाम आउँदै गरेको जिप शनिबार बिहान ११ बजेतिर भागेश्वर–४ लाकममा म १ ज १८० नम्बरको सडकबाट १ सय ५० मिटर तल खसेको हो ।

प्रहरीका अनुसार दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । 

घाइते ११ जना मध्ये ४ जनाको अवस्था गम्भिर रहेको जनाइएको छ । 

उनीहरुलाई उपचारका लागि उपक्षेत्रिय अस्पताल डडेल्धुरा ल्याइदैँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?