किन बस्दै छ कांग्रेस केन्द्रीय समितिको बैठक ?

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ । 

शनिवार दिउँसा २ बजे पार्टी केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन ललितपुरमा बस्ने लागेको हो । 

बैठकमा नेपाल विद्यार्थी संघको विधान पारित गर्ने सन्दर्भमा छलफल गर्ने कार्यसूची रहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । साथै बैठकले संघको विधान पारित गरी १२ औं महाधिवेशनको तय गर्न आवश्यक निर्णय समेत लिने प्रवक्ता शर्माले जनाएको छ । 

कांग्रेसको भ्रातृ संस्था नेविसंघको कार्यसमितिको समयावधि मंसिर २ गते अर्थात भोलि ‘आइतबार’ सकिँदैछ । 

यसअघि, दुईवर्षे कार्यकालका लागि संघको ११ औँ महाधिवेशन २०७३ भदौमा भएको थियो ।

एक पदाधिकारीका अनुसार आसन्न स्ववियु चुनावसम्म नेविसंघको वर्तमान कार्यसमितिको म्याद थप गर्ने तयारी छ । नेविसंघको वर्तमान कार्यसमितिको २ वर्षे कार्यकाल गत भदौ पहिलो साता नै सकिएको थियो । तर, महाधिवेशन गर्न नसकेपछि माउ पार्टी कांग्रेसले महाधिवेशन गर्ने गरी ३ महिना म्याद थपिदिएको छ । उक्त म्याद यही मंसिर २ गते सकिँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?