काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले धाँधली गरेर आफूलाई हराउन लागेको आरोप लगाएका छन् ।
ईलाम क्षेत्र नं १ बाट उम्मेदवार बनेका खनालले एमालेले निर्वाचनका कर्मचारीहरुसँग सेटिङ गरेर आफूलाई हराउन लागेको आरोप लगाएका हुन् ।
आफ्नो निर्वाचन क्षेत्रको जारी मतगणनामा मुचुल्कामा रहेको भन्दा २६६ मत बढी रहेको छ र झण्डै ५ सय मत नै गायब गरिएको दाबी गरेका छन् ।
मतगणनाको विवादबारे झलनाथले भनेका छन्, ‘झण्डै ५ सय मत गायव भयो । ५ सय मत गायक भइसकेपछि यो के हो भनेर हामीले प्रश्न उठायौँ । ‘यहाँभित्र षड्यन्त्रहरु धेरै छन् । यो भनेको धाँधली हो । यस्तो धाँधलीपूर्ण निर्वाचन हामी मान्दैनौँ ।’
आफूले पटकपटक सो कुरा बताए पनि आफ्नो माग सम्बोधन नभएको बताए ।
साथै सो क्षेत्रमा धाँधली भएको भन्दै पुनः निर्वाचनको समेत माग गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया