सिके राउतको बन्दी प्रत्यक्षीकरण मुद्दाको सुनुवाई मंसिर ३ गते

काठमाडौं । स्वतन्त्र मधेश गठबन्धका संयोजक डा. सिके राउतको बन्दी प्रत्यक्षीकरण मुद्दाको सुनुवाई मंसिर ३ गतेलाई तोकिएको छ । 

गत असोज २१ गते जिल्ला अदालत गौरबाट नियन्त्रणमा लिइएको थियो । राउत पक्राउ परेछि उनका दाजु जयकान्त राउतले यही कात्तिक ११ गते गैरकानूनी थुनामा राखिएको भन्दै बन्दीप्रत्यक्षीकरण रिट निदेशन रौतहट जिल्ला अदालतमा हालेका थिए । 

राउतको गिरफ्तारी कानून बमोजिम भएको हो वा होइन भन्ने विषयमा सुनुवाईका लागि आज (शुक्रबार) पेशी तोकिएको थियो । 

अदालतको आदेशअनुसार सुनुवाइका लागि शुक्रबार पेशी तोकिएकोमा विपक्षी जिल्ला अदालतमा सूचना नै नपुगेकोले सुनुवाइ सरेको हो । 

राउतलाई बिहीवार काठमाडौं लाइएको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?