देशभरका कांग्रेस जिल्ला सभापति ककनीमा भेट्दै, यस्तो छ कारण

काठमाडौं । नेपाली कांग्रेसको प्रस्तावित विधान मस्यौदा सम्बन्धि विशेष आन्तरिक छलफलका लागि देश भरिका कांग्रेस जिल्ला सभापतिहरूको बैठक ककनीमा बोलाउने तयारी भएको छ । 

कांग्रेस नुवाकोट सभापति जगदिश्वरनरसिंह केसीको समन्वयमा नुवाकोटको ककनीमा आगामी मंसिर १२ र १३ गते  जिल्ला सभापतिहरुको भेला हुने भएको हो । पार्टीले गठन गरेको केन्द्रीय विधान संशोधन मस्यौदा समितिले तयार पारेको विधान मस्यौदामाथि छलफल हुने बताइएको छ । उक्त भेलाको लागि आवश्य परामर्श र समन्वयका लागि नेपाली कांग्रेस नुवाकोटका सभापति जगदिश्वरनरसिंंह केसीले ककनी गाउँपालिकाका कांग्रेस निकटस्थसँग छलफल र तयारीको लागि भेटघाट गरिरहेको बताए । 

२ दिनका लागि डाकिएको भेला कुनै गुट–उपगुटको छलफल नभएको स्पष्ट पार्दै उनले भने, जिल्ला सभापतिहरु आपसमा बसेर छलफल गरी केन्द्रीय कार्यसमितिको बैठकमा सुझाव पेश गरौं भन्ने उद्देश्य रहेको मात्रै हो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?