स्थानीय सरकार सञ्चालन ऐन संशोधनको तयारी

काठमाडौं । ‘स्थानीय सरकार सञ्चालन ऐन २०७४’ का केही प्रावधान अन्य कानूनसँग बाँझिएकाले सरकार उक्त ऐन संशोधनको तयारीमा रहेको छ । 

स्थानीय तह सञ्चालनका लागि ल्याइएको उक्त ऐन सङ्घ र प्रदेशका केही ऐन र कानूनसँग बाझिएकाले संशोधनको तयारीमा रहेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए । 

संशोधनका लागि मन्त्रालयले जिल्ला समन्वय समिति महासङ्घ, नगरपालिका महासङ्घ र गाउँपालिका महासङ्घसँग छलफल गरेको छ । 

“शुरुमा हतार–हतारमा स्थानीय तह सञ्चालनका लागि ऐन ल्याइयो”, उनले भने, “अहिले सङ्घ र प्रदेशका विभिन्न कानून बन्दा उक्त ऐनसँग बाभिए, त्यसैले संशोधन गर्न थालेका हौँ ।” उनका अनुसार वन, भूमिसुधार, शिक्षा तथा करसम्बन्धी सङ्घ र प्रदेशमा बनेका कानूनसँग उक्त ऐनमा भएका केही प्रावधान बाँझिएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?