राजदूत फिर्ता बोलाइएको भन्दै राप्रपाको आपत्ति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापालाई फिर्ता बोलाएको निर्णय प्रति ध्यानाकृष्ट भएको जनाएको छ । 

राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा नेपाल सरकारको हालै बसेको मन्त्रिपरिषद बैठकले इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापालाई फिर्ता बोलाएको निर्णय प्रति राप्रपाको ध्यान गम्भीर रुपले आकृष्ट भएको भन्दै लामो राजनीतिक र कुटनैतिक अनुभव संगालेका थापालाई राजदूत पदबाट फिर्ता बोलाउनुको कारण सरकारले प्रष्ट नपारेको उल्लेख गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘बिना मापदण्ड राजदूत फिर्ता र नियुक्तिले कुटनीतिक असन्तुलन कायम हुने प्रष्ट छ, सरकारको दम्भपूर्ण यो निर्णयको राप्रपा विरोध गर्दछ ।’ 

गत कात्तिक २५ गते बसेको मन्त्रिपरिषद् बैठकले इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापालाई फिर्ता बोलाइ डा. अञ्जान शाक्यलाई सिफारिस गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?