इजरायलका लागि नेपाली राजदूत सिफारिस डा. शाक्य को हुन् ? यस्तो छ विवरण

काठमाडौं । सरकारले इजरायलका लागि नेपालका राजदूत निरञ्जनकुमार थापालाई फिर्ता  बोलाउँदै उक्त स्थानमा डा. अञ्जान शाक्यलाई राजदूतमा सिफारिस गरेको छ ।

गत कात्तिक २५ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय बिहीवार सार्वजनिक गर्दै सञ्चारमन्त्री गोकुल बास्कोटाले इजरायलका लागि नेपालका राजदूत तथा साइप्रसका लागि गैरआवासीय राजदुत समेत रहेका थापालाई फिर्ता बोलाउँदै उक्त स्थानमा शाक्यलाई सिफारिस गरेको हो । 

साथै साथै उक्त बैठकले भारतका लागि नेपाली राजदूतमा निलाम्बर अचार्य, मलेसियाका लागि राजदूतमा उदयराज पाण्डे र यूएईका लागि नेपाली राजदूतमा परराष्ट्रका सहसचिव कृष्णप्रसाद ढकाललाई सिफारिस गरेको थियो ।

को हुन् अञ्जान शाक्य ? 

गत कात्तिक २५ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाली राजदूतका लागि डा. अञ्जना शाक्यलाई सिफारिस गरेको छ । उनी देश ३ मा काठमाडौं क्षेत्र नम्बर ९ बाट  (तत्कालीन एमालेबाट निर्वाचित) नेकपाका सांसद अजयक्रान्ति शाक्यका पत्नी पनि हुन् । 

'यो मन्दिर, यो मस्जिद, यो चैत्य, यो गुम्बा
मलाई छ प्यारो साधै आफू भन्दा'

बोलको चर्चित गीतकी गायिका हुन् शाक्य ।

यसैगरी व्यवस्थापन विषयमा विद्यावारिधी गरेकी शाक्यसँग परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा निमित्त कार्यकारी निर्देशक भएर काम गरेको अनुभव छ । साथै शाक्यले अन्तर्राष्ट्रिय सरोकार केन्द्रको अध्यक्ष भएर काम समेत गरेकी छन् । 

नेपाल ओमेन च्याम्बरको अध्यक्ष समेत भएर काम गरेकी शाक्यले ‘नेपाल चाइना रिलेशन’, ‘नेपाल इण्डिया रिलेशनल’ लगायत पुस्तकको सम्पादन गरेकी छन् ।

त्यस्तै शाक्यसँग लामो समय पद्मकन्याा कलेजमा प्राध्याापन गरेको अनुभव समेत छ । उनी नेपाल टेलिभिजनकी समाचार प्रस्तोता समेत हुन् । 

 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?