दाङ । दाङ २ (२) मा नेपाली कांग्रेसका उम्मेदवार प्रचण्डविक्रम न्यौपाने (गुन्टु) विजयी भएका छन् ।
मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको आज बिहान सम्पन्न प्रदेशसभा (२) को मतगणनामा सत्ता गठबन्धनतर्फका उम्मेदवार न्यौपानेले १७ हजार आठ सय २२ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए ।
यस्तै नेकपा (एमाले) का उम्मेदवार गिरीराज केसीले १६ हजार छ सय ९९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार उमाकान्त भण्डारीले तीन हजार तीन सय ८६ मत प्राप्त गरका छन् ।
तुलसिपुर उपमहानगर पालिका– १६, १७, १८, १९ र घोराही उपमहानगरपालिकाका– ६, ७, ८, ९, १०, ११, १२, १६ सो क्षेत्रमा पर्दछ । उक्त क्षेत्रमा ४२ हजार तीन सय ६४ मत खसेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया