बाँके । बाँके क्षेत्र नं ३ बाट नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर निर्वाचित भएका छन् ।
बिहीबार बिहान आएको अन्तिम परिणाम अनुसार राठौरले २९ हजार ४० मत प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार किस्मतकुमार कक्षपतिले २४ हजार दुई सय ४७ मत प्राप्त गरे ।
राठौरले चार हजार सात सय ९३ मतको अन्तरले कक्षपतिलाई पराजित गरेका हुन्।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार देवेन्द्रनाथ शुक्लाले सात हजार चार सय ३९ मत प्राप्त गरेका छन् ।
सो क्षेत्रमा कूल ७४ हजार दुई १३ मत खसेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया