सुदूर पश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नयाँ सामाजिक विकास मन्त्रीमा कृष्णराज सुवेदीलाई नियुक्त गरेका छन् ।
मंगलबार प्रदेश प्रमुख मोहनराज मल्लको उपस्थितिमा भट्टले सुवेदीलाई पद तथा गोपनियताको सपथ दिलाएका हुन् ।
पदीय मर्यादा उलंघन गरेको भन्दै सामाजिक सुरक्षा मन्त्रीको भूमिकामा रहेका दीर्घबहादुर सोडारीलाई भट्टले आजै बर्खास्त गरेका थिए । उनलाई बर्खास्त गरेलगत्तै प्रदेश सरकारले सुवेदीलाई नयाँ मन्त्री बनाएको हो ।
सोडारीलाई बर्खास्त गरिएको बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री भट्टले पदीय मर्यादा विपरित गतिविधि गरेको कारण बखास्त गर्नु परेको जानकारी दिए । पार्टीको निर्देशन अनुसार नै उनी बर्खास्तीमा परेको प्रदेश सरकारले जनाएको छ ।
प्राप्त जानकारी अनुसार सुदूर पश्चिम प्रदेशका इन्चार्ज भीम रावलको निर्देशनमा सोडारीलाई मुख्यमन्त्री भट्टले बर्खास्त गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया