काठमाडौं । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्री दीर्घ सोडारीलाई बर्खास्त भएसँगै कृष्ण प्रसाद सुवेदी नियुक्त हुने भएका छन् ।
मुख्यमन्त्री त्रिलोचन भट्टले पार्टीको निर्देशन बमोजिम सोडारीलाई बर्खास्त गरेका हुन् ।
सुवेदीको मंगलबार साँझ ४ बजे सपथग्रहण हुने सम्भावना छ । तत्कालीन एमालेका कैलाली जिल्ला सचिवालय सदस्य सुवेदी कैलाली क्षेत्र नम्बर ४ ‘ख’बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।
बर्खास्तीमा परेका सोडारी सोही क्षेत्रको क बाट निर्वाचित भएका हुन् । पार्टीभित्र सोडारी र सुवेदी दुवैजना माधव नेपाल पक्षका हुन् ।
पार्टीको निर्देशन नमानेको, पदीय मर्यादा कायम नराखेको लगायतका आरोपमा तत्कालिन एमालेको तर्फबाट मन्त्रीबाट बनेका मन्त्री दीर्घबहादुर सोडारी बर्खास्तीमा परेका हुन् ।
नेकपाका ७ नम्बर प्रदेश इन्चार्ज भीम रावलको सिफारिसमा मुख्यमन्त्री त्रिलोचन भट्टले उनलाई पदबाट हटाएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया