काठमाडौं । सोमबार म्याग्दी पुगेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले आज बिहान म्याग्दीका विभिन्न स्थलहरुको भ्रमण गरेका छन् ।
आज बिहान अध्यक्षले पर्वत जिल्लाको मल्लाद डाँडामा गएर म्याग्दीको सदरमुकाम बेनीको अवलोकन गरेका हुन् ।
त्यसैगरी उनले कालीगण्डकीले कटान गरेको बेनी बजारको तडबन्धको निरिक्षण पनि गरे । साथै ४० मेगावाट क्षमताको निर्माणाधीन रहुघाट जलविद्युत आयोजनाको निरिक्षण गरेका छन् ।
अध्यक्षले आज बिहान कालीगण्डकी कोरीडोरेको अवलोकन गरेका थिए भने म्याग्दीको सबैभन्दा ठूलो धार्मिक पर्यटकीय स्थल गलेश्वर धामको पनि अवलोकन गरेका छन् ।
अध्यक्ष प्रचण्ड आज बिहान ९ः३० बजे तातोपानी कुण्डमा स्नानका लागि गएका थिए । अध्यक्ष प्रचण्ड जीवन संगिनी सीता दाहालको उपचारको सिलसिलामा तातोपानी स्नानका लागि म्याग्दीपुगेका हुन् । प्राकृतिक चिकित्सालयको रुपमा प्रसिद्ध तातोपानी कुण्डमा स्नान गर्दा छाला, नशा, ग्याष्ट्रिक, बाथ लगायत रोगका बिरामीलाई फाइदा पुग्ने बताइन्छ ।
तीन दिन तातोपानीमा स्नान गरेपछि अध्यक्षसहितको टोली भोलि साँझ राजधानी फर्कनेछ । राजधानी फर्कनु अघि भोलि अध्यक्ष प्रचण्डले स्थानीय पार्टी कार्यकर्ता, उद्योग व्यवसायी र अन्त्यमा संचारकर्मीहरुसँग भेटघाट र छलफल गर्ने कार्यक्रम तय गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया