काठमाडौं । मतदान केन्द्र आसपासका क्षेत्रमा सामान्य बारुद जन्य विस्फोटक पदार्थ पड्काएर मतदाता तर्साउन खोजिएको जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले बताएका छन् । मतदान कार्य शान्तिपूर्ण र भयरहित ढंगबाट चलिरहँदा अचानक मतदान केन्द्र नजिकै सुतली बम पड्किएपछि बास्तोलाले सो कुरा लोकपथसँगको टेलिफोन सम्पर्कमा बताएका छन् ।
प्रजिअ बास्तोलाले मतदान केन्द्र नजिकै सुतली कम पड्काएको जिम्मा हालसम्म कुनै समूहले पनि नलिएको बताउँदै मतदाता त्रसाउन निर्वाचन विरोधी समूहले यस्तो कार्य गरेको हुनसक्ने बताए । उनका अनुसार सुतली बम पड्किएको करिब ४० मिनेट मतदान कार्य अवरुद्ध भएको थियो । हाल मतदान कार्य यथास्थितिमा सञ्चालनमा आएको पनि बास्तोलाको भनाइ छ ।
गुलरिया नगरपालिका २ शम्भुशरण माध्यमिक विद्यालय खैरापुर मतदान केन्द्र नजिकै सुतली बम पड्किएपछि मतदान रोकिएको थियो। नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बललगायतको सुरक्षा निकायले घटना सामान्य भएको र मतदाता भड्काउने उद्देश्यले गरिएको निष्कर्षमा पुगेपछि मतदान पुनः सञ्चालनमा आएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया