तीन राउन्ड गोली चलेपछि आधा घण्टा ढिला शुरु भयो मतदान

लोकपथ
105
Shares

काठमाडौं । मतदान शुरु हुनुअघिनै मतदान केन्द्रमा तीन राउन्ड गोली चलेपछि सिराहामा निर्वाचन आधा घण्टा ढिलो शुरु भएको छ । कर्जन्हा नगरपालिकाका ६ को जनता माध्यमिक विद्यालय बडहरामाल बुथमा गोली चलेपछि मतदान कार्य आधा घण्टा प्रभावित भएको प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले लोकपथलाई बताए ।

प्रमुख जिल्ला अधिकारी कवारीले दिएको जानकारी अनुसार जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) पार्टीका कार्यकर्ताबीच मतपेटिका खोसाखोस हुनथालेपछि प्रहरीले ३ राउन्ड गोली चलाएको हो ।

हाल भने उक्त समस्या समाधान भएको र शान्तीपूर्ण ढंगले मतदान कार्य भइरहेको प्रजिअ कवारीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?