काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट मतदान गरेका छन् । आइतबार बिहान सिन्धुपाल्चोकको कुविण्डेस्थित सेतीदेवी पन्चकन्या मा.विको मतदान केन्द्रबाट सापकोटाले मतदान गरेको उनको सचिवालयले जनाएको छ।
सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा सत्तारुढ गठबन्धनका तर्फबाट प्रतिनिधिसभामा माधव सापकोटा सुबोध उम्मेदवार छन्। उनका प्रतिस्पर्धी एमालेबाट सरेश नेपाल मैदानमा छन् । मतदानका लागि सभामुख सापकोटा बिहान सबेरै मतदान केन्द्रमा पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया