मंसिर दोस्रो साता पार्टी एकता घोषणा हुन्छ : नेता बोहोरा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का नेता दीपक बोहोराले मंसिर दोस्रो साता पार्टी एकता घोषणा हुने दाबी गरेका छन् । 

उनले राप्रपा र राप्रपा प्रजातान्त्रिकबीच अधिकांश विषय सहमती भइसकेको र अब एकीकृत राप्रपा राष्ट्रवादीसँग छलफल भइ छिट्टै पार्टी एकता हुने बताएका हुन् । 

उनका अनुसार दुबै पार्टीको चुनाव चिन्ह हाललाई स्थगित गर्ने र पार्टी एकताको एक वर्षभित्र महाधिवेशनले तय सैद्धान्तिक आधारहरुलाई सबैले स्वीकार गर्ने सहमति भएको छ । 

यसैगरी प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादीको कार्यसम्पादन समिति बैठक बस्न बाँकी रहेकाले केही समय लागेको नेता बोहोराले बताए । 

राप्रपा र राप्रपा प्रजातान्त्रिकबीच अधिकांश विषयमा सहमति भइसकेको उनले बताए 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?