काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरुलाई मण्डिखाटारस्थित आफ्नै निवासमा ‘लञ्च’ सहितको बैठक गराएकी छन् ।
तर, सो बैठकमा सिटौला समूहका नेताहरुको भने उपस्थिति रहेको छैन । नेता सिटौला कांग्रेसको तेस्रोधार तथा युवाहरुको प्रतिनिधित्व गर्ने नेताका रुपमा परिचित छन् ।
नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेसनको पूर्वसन्ध्यामा आयोजित उक्त ‘लञ्च’ सहितको बैठकमा नेता पौडेल सहित महामन्त्री डा शशांक कोइराला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा रामशरण महत र डा शेखर कोइराला सहभागी छन् ।
सोही छलफलमा सहभागी केन्द्रीय सदस्य गुरुराज घिमिरेका अनुसार, पार्टी सभापति शेरबहादुर देउवाको एकलौठी निर्णय र आसन्न महाधिवेसनमा कसरी अगाडि बढ्ने विषयमा छलफल हुने छ ।
सभापति शेरबहादुर देउवाले पछिल्लो समयमा बरिष्ठ नेता पौडेल समूहलाई पेलेर एकलौटी ढंगले निर्णय गर्ने र पार्टी चलाउन थालेपछि पौडेल समूहका नेता एकीकृत भएर अगाडि बढ्न विषयमा छलफलको आयोजना गरिएको अनुमान गरिएको छ ।
नेतृ सुजाता निवासमा भएको उक्त बैठकको फोटो बरिष्ठ नेता पौडेल समूहका नेताका सहयोगीहरुले सामाजिक सञ्जालमा पोष्ट गरी सार्वजनिक गरेका हुन् । सहयोगीहरुले ‘लञ्ज’ सहितको छलफल जारी रहेको जनाएका छन् ।
सभापति देउवाले पार्टी उपसभापतिमा विजयकुमार गच्छेदारलाई मनोनित गरेपछि बरिष्ठ नेता पौडेल समूह झन रुष्ट भएको हो ।
पार्टीको अन्तरिक कलहका कारण निर्वाचन हारेको बताउँदै आएका सभापति देउवाले भने महाधिवेसन सम्ममा पार्टीलाई गुट उपगुट भन्दापनि एक ढिक्का बनाएर लैजानु पर्नेमा जोड दिँदै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया