चितवनका वामपन्थी नेता सूर्यबहादुर मास्केको निधन

चितवन । चितवनका वामपन्थी नेता सूर्यबहादुर मास्केको निधन भएको छ । 

लामो समयदेखि सुगर, प्रेसर र प्रोष्टेटलगायतका रोगबाट ग्रसित मास्केको मंगलवार राति ८४ वर्षको उमेरमा निधन भएको परिवारिक स्रोतले जानकारी दिएका हुन् । 

१९९२ साल मंसिरमा भोजपुर जिल्लामा जन्मिएका मास्केले नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको हातबाट नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए । 

राजनीतिमा निकै साहासिक काम गर्ने भएकोले उनलाई महासचिव पुष्पलालले ‘सनव्रेभ’को उपाधि समेत दिएका थिए ।

निकै उत्तेजिक र आक्रामक भाषणले चर्चित मास्केले १६ वर्षको उमेरमै फेरेरसनको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । 

स्वर्गीय मास्केका श्रीमती इन्दिरा कायस्थ, दुई छोरा र एक छोरी छन् ।

मास्केका छोराछोरी अमेरिकामा रहेकाले उनीहरु फर्किएपछि मात्रै उनको अन्त्येष्टि गर्ने पारिवारिक स्रोतले जानकारी दिएका छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?