उपराष्ट्रपति पुनले आज चियापान कार्यक्रमको आयोजना गर्दै

काठमडौं । तिहार, छठ तथा नेपाल संवतको शुभ उपलक्ष्यमा राजधानीको कान्थि पथस्थित उपराष्ट्रपति कार्यालयमा आज चियापान कार्यक्रमको आयोजना हुँदैछ । 

उपराष्ट्रपति नन्दबहादुर पुनले चियापान कार्यक्रमको आयोजना गरेका हुन् । चियापान दिउँसो ३ बजेबाट शुरु हुँदैछ ।  

उपराष्ट्रपति कार्यालयका अनुसार चियापानमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानन्यायधीस ओम प्रकाश मिश्र, सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतका मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, कुटनीतिक नियोगका प्रतिनिधि तथा कर्मचारीहरुको सहभागीता रहनेछ । 

प्रधानमन्त्री केपी शर्मा ओली भने स्वास्थ्य समस्याका कारण कार्यक्रममा सहभागी नहुने उपराष्ट्रपति कार्यालयले जानकारी दिएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?