नेकपा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले काठमाडौंमा जनसभा गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले जनसभा गर्ने भएको छ । 

यही मंसिर ८ गते काठमाडौंमा नेत्रविक्रम चन्द ‘विप्लव’ले जनसभा गर्ने भएको हो । 

स्रोतका अनुसार उक्त जनसभामा केही समयदेखि भूमिगत रहेका विप्लवले सम्बोधन गर्ने कार्यक्रम रहेको बताएको छ । सोही दिन सार्वजनिक हुँदैछन् ।

विप्लव समूहले जनसभा गर्नु अगाडी सरकारले उनीहरुसँग औपचारिक वार्ता गरी माग सम्बोधन गर्दे प्रयास थालेको छ । 

विप्लवसँग सोमप्रसाद पाण्डे नेतृत्वको राजनीतिक वार्ता समितिले पहल गरिरहेको छ । 

तर, विप्लवले सरकारी वार्ता समितिको अधिकार क्षेत्र कहाँसम्म हो भन्नेखालका प्रश्न उठाउँदै आएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?