तुलाधरलाई अन्तिम श्रद्धाञ्जली दिन अस्पताल पुगेका प्रचण्डले के भने ?

काठमाडौं । मानवअधिकारवादी नेता पद्यरत्न तुलाधरको शव लाजिम्पाट लगिएको छ । 

आइतबार दिउँसो १२ः४५ बजे काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएका तुलाधरको शव आइतबार दिउँसो ४ बजे लाजिम्पाट निवास तर्फ लगिएको हो । 

अस्पतालमा तुलाधरलाई अन्तिम श्रद्धाञ्जली दिन विभिन्न राजनीतिक दलका नेताहरु पुगेका थिए ।

तुलाधरलाई अन्तिम श्रद्धाञ्जली दिन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता माधवकुमार नेपाल, नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई, पूर्वसभामुख दमननाथ ढुंगाना, शिक्षामन्त्री गिरिराजमणि पोखरेल नर्भिक अस्पताल पुगेका थिए ।

नेकपा अध्यक्ष प्रचण्डले पद्मरत्न तुलाधर राजनीतिक र सांस्कृतिक आन्दोलनको अग्रज भएको बताउँदै  तुलाधरले मानव अधकिार र सांस्कृतिक आन्दोलन संवर्द्धनमा ऐतिहासिक भूमिका निर्वाह गरेको उनको बताए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?