काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले अन्य पार्टीहरु बीच एकता गर्ने भएको छ ।
पार्टी अध्यक्ष पशुपति शम्शेर ज.ब.राको अध्यक्षतामा आज बसेको उच्चस्तरीय कार्यसमितिको बैठकले अन्य पार्टीहरुबीच एकता गर्ने निर्णय गरेको हो ।
पार्टी प्रवक्ता राजेन्द्र गुरुङद्वारा हस्ताक्षरित विज्ञप्तीमा गत वैशाख २५–२६ गते भएको केन्द्रिय कार्यसमितिको निर्णय अनुरुप समान विचार, सिद्धान्त र नीति मिल्ने पार्टीहरुसँग आवश्यक वार्ता गरी एकता प्रक्रिया अघि बढाउनका निम्ति सम्पूर्ण अधिकार पार्टी अध्यक्ष जबरालाई दिने निर्णय भएको जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया