कांग्रेस केन्द्रीय समिति बैठकको मिति तय

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकको नयाँ मिति तय भएको छ । 

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले कात्तिक २० गतेका लागि बैठक बोलाइएको जानकारी दिए । 

केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा नेविसंघको महाधिवेशन, महासमिति बैठक र पार्टीको विधानका विषयमा छलफल हुने बताइएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?