काठमाडौं । नेपाली कांग्रेस महासमितिको बैठक सर्ने भएको छ ।
मंसिर पहिलो साताका लागि तय भएको महासमितिको बैठक सर्ने भएको हो ।
विधान संशोधनको मस्यौदामा छलफल गर्ने समय अपूग हुने भएपछि मंसिर ५ देखि ९ गतेसम्म हुने महासमिति बैठक नबस्ने निश्चित भएको छ ।
कांग्रेस स्रोतका अनुसार महासमितिको अर्को बैठक मंसिरभित्रै गर्ने गरी सार्न लागिएको बताए ।
‘विधान संशोधनको प्रस्तावमा छलफल गर्न १५–२० दिन पर्याप्त हुने भएकाले २५ वा २६ गते महासमिति बोलाउने तयारी छ’, स्रोतले बतायो । तर, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने बैठक सार्ने औपचारिक निर्णय नभएको बताए ।
यस महासमितिको बैठकका बारेमा केन्द्रीय समितिको बैठकमा छलफल हुने प्रवक्ता शर्माले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया