बुटवल । बुटवल पुगेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम समयमै सकिनुपर्ने बताएका छन् ।
शनिबार बुटवलमा नेकपाले आयोजना गरेको चियापान कार्यक्रममा सहभागि हुन आएका अध्यक्ष प्रचण्डले भैरहवा विमानस्थलको काम गुणस्तरीय र समयमै सकिनुपर्नेमा जोड दिएका हुन् ।
पत्रकारहरुसँग कुरा गर्दै भने, ‘निर्माण समयमै सक्नुस्, यसमा हामी सबैको चासो छ ।’
त्यस्तै ५५ प्रतिशत काम सकिएको गौतमबुद्ध विमानस्थल आगामी सन् २०१९ को अगष्टसम्म निर्माण भई सञ्चालन हुने विमानस्थलका निमित्त आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिए ।
यसैगरी प्रचण्डले विकास निर्माणमा राजनीति नगर्न समेत सबैमा अनुरोध गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया