काठमाडौं । नेपाल र थाइल्याण्डबीच सन् १९७१ मा भएको हवाई सम्झौता नवीकरण भएको छ ।
हवाई सम्झौता नवीकरण भएपछि अब नेपालका जुनसुकै विमान थाइल्याण्ड जान पाउने भएको छ ।
थाइल्याण्डको बैंककमा भएको उक्त सम्झौता पत्र उल्लेख भएअनुसार अब हप्तामा कम्तीमा २८ वटा जहाज उडान हुने र नेपालका जुनसुकै विमान थाइल्याण्ड जान पाउने छ ।
दुबै देशले कार्गो विमानको संख्यामा सीमा नतोक्ने पनि सम्झौता पत्रमा उल्लेख छ ।
त्यस्तै सम्झौता पत्रमा नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा थाई विमानद्वारा उडान गर्न उत्प्रेरित गर्ने र तेस्रो देशसँग ‘कन्ट्री कोड’ सम्झौता गरेर पनि उडान गर्न सक्ने दुई देशद्वारा सम्झौता उल्लेख गरिएको छ ।
यसैगरी नेपाली पक्षका वायुसेवा कम्पनीले दुई वटा दक्षिण एसियाली, दक्षिण पूर्वी एसियाली र पूर्वी एसियाली देशमा मध्यस्थ बिन्दुको रुपमा तथा दुईवटा दक्षिण पूर्वी एसियाली, उत्तरपूर्व र प्रशान्त क्षेत्रका देशमा गन्तव्यपछि पाँचौ हवाई ट्राफिक गन्तव्यको रुपमा प्रयोग गर्न सकिने पनि उल्लेख गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया