प्रधानमन्त्री देउवा आफ्नै खर्चमा मात्रै डडेल्धुरा जान पाउने

लोकपथ
49
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नै खर्च र स्रोत साधन प्रयोग गरेर मात्रै डडेल्धुरा जान निर्वाचन आयोगले स्वीकृति दिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषको कार्यालयले मंगलबार आयोगलाई पत्र लेख्दै प्रधानमन्त्री देउवाको डडेल्धुरा भ्रमणका लागि स्वीकृति मागेको थियो ।

आयोगले सोही अनुसारको पत्र प्रधानमन्त्री देउवालाई पठाएको छ । आयोगको सो निर्णयपछि प्रधानमन्त्री देउवा सरकारी स्रोत साधन प्रयोग नगरी मात्र डडेल्धुरा जान पाउने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?