खनाललाई समर्थन गर्दै स्थानियले भने, ‘चुनावसम्म हामी कसैको चिया खादैनौं’

लोकपथ
77
Shares

बाँके । बाँकेको क्षेत्र नम्बर २ बाट संघीय सांसद पदका स्वतन्त्र उम्मेदवार दिवाकर शर्मा खनाललाई यस क्षेत्रका स्थानियहरुले समर्थन गर्दै निर्वाचन सम्पन्न नभएसम्म कसैको चिया खाजा नखाने बताएका छन ।

आसन्न मंसिर ४ गतेको निर्वाचन नजिक्दै गर्दा पार्टीगत र स्वतन्त्र उम्मेदवारहरु मतदाताहरुको घरदैलोमा जाने क्रम बढेको छ । यसै क्रममा बाँके क्षेत्र नम्बर संघीय सांसद पदका हिन्दुवादी स्वतन्त्र उम्मेदवार दिवाकर शर्मा खनालसमेत मतदातालाई भेट्दै हिडेका छन ।

मत माग्ने क्रममा आज बिहान आफ्ना चुनाव चिन्ह अर्नासहित घरदैलोमा पुगेका शिवसेनाका हिन्दुवादी नेता खनाललाई बाँकेको क्षेत्र नम्बर २ का ग्रामिण क्षेत्रका मतदाताहरुले चुनावसम्म आफूहरु कस्सिएर लाग्ने र कसैको चिया नखाने प्रण लिएका छन ।

घरदैलोमा उम्मेदवार खनाल बेतहानी, डुडुवा खोला पारीका बाबागाँउ, दासपुर्वा, खडैचा, पिररहवालगायत गाँउमा पसेका थिए र गाँउका स्थानियहरुले समर्थन गर्दै उनले उठाएका एजेण्डामा सहमती जनाएका छन ।

उम्मेदवार खनाल सँगै बाँकेको क्षेत्र नम्बर २ प्रदेशसभा सदस्यका स्वतन्त्र उम्मेदवार राजकुमार रौनियार पनि आफ्नो चुनाव चिन्ह जेब्रासहित घरदैलोमा पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?