परिवर्तनका लागि लडेका नुवाकोटे जनता संविधान क्षतबिक्षत पार्नेका पक्षमा उभिँदैनन् : नेता केसी

लोकपथ
168
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नुवाकोट निर्वाचन क्षेत्र नम्वर २ का उम्मेदवार अर्जुननरसिंह केसीले परिवर्तनका लागि निरन्तर संघर्षमा रहेका नुवाकोटे जनता संबिधान क्षतबिक्षत पार्नेहरुका पक्षमा हुनै नसक्ने दावी गरेका छन् ।

जनताको लामो संघर्षपछि प्राप्त भएको संबिधानको मर्ममाथि पटक पटक प्रहार गर्ने एमालेसँग संबिधान निर्माणमा महत्वपूर्ण योगदान गरेको कांग्रेस नेतृत्वको गठबन्धनको प्रतिस्पर्धा मंसिर ४ सम्मका लागि औपचारिकतामा मात्र सीमित रहेको र गठबन्धनको विजय सुनिश्चित भईसकेको नेता केसीको भनाई थियो ।

सोमबार नुवाकोट निर्वाचन क्षेत्र नम्वर २ प्रदेशसभा ‘क’ अन्तर्गत पर्ने घोरघाट, तिगाउँ र बेलकोटका नागरिकसँगको अन्तरक्रिया र भेटघाटका क्रममा कांग्रेस नेता केसीले नुवाकोटका नागरिकहरुको आर्थिक जीवन सुधारका लागि पर्यटन प्रबद्र्धन र एकीकृत बिकासका योजनाहरु तर्जुमा गर्दे थप संभावनाहरुको खोजी गरी त्यसलाई सार्थकतामा परिणत गर्न गठबन्धन दलहरु प्रतिबद्ध रहेको बताए ।

राज्यका ऐन, नियमहरुका कारण बिगतका बिकास प्रयासहरुले सार्थकता पाउन नसकेको स्वीकार्दे त्यसक्रममा कांग्रेस नेता केसीले विकासका बाधकका रुपमा रहेका सबै तत्वहरुलाई परिमार्जन गरी नागरिकका अपेक्षा अनुसारका विकास रणनीति तय गरिने र त्यसले नुवाकोटको समग्र बिकासलाई छोटो समयमै परिणाममुखी बनाउने समेत नेता केसीले उल्लेख गरे ।

कार्यक्रमहरुका माओवादी केन्द्रकी पोलिट्ब्यूरो सदस्य एवं प्रतिनिधिसभा समानुपातिक उम्मेदवार बिमला सुबेदी, संविधानसभा सदस्य जगदीश्वरनरसिंह केसी, प्रदेश सभा ‘क’ का उम्मेदवार रामप्रसाद ढुँगाना लगायतले निर्वाचनमा गठबन्धनको औचित्य र त्यसपछिका रणनीतिहरुका बारेमा आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?