चितवन मेडिकल कलेजअघि शंकास्पद वस्तु फेला

लोकपथ
224
Shares

चितवन । चितवन मेडिकल कलेजको गेट अघि शंकास्पद वस्तु फेला परेको छ ।

मंगलबार दिउँसो ३ बजेको समयमा कलेजको गेटअघि शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय चिवतनका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए ।

उनका अनुसार तारले बेरेको अवस्थामा स्टीलको गिलास रहेको छ । नेपाली सेनाको डिस्पोजल टोली त्यहाँ आइपुगेको उनले लोकपथलाई जानकारी दिए ।

‘करिब ३ बजेको समयमा सो वस्तु फेला परेको हो ।’ उनले भने, ‘गिलास जस्तो वस्तुलाई टेपले बेरेको अवस्थामा सो वस्तु फेला परेको हो । नेपाली सेनाको डिस्पोजल टोली आइपुगेको छ ।’

शंकास्पद वस्तु फेला परेसँगै अस्पतालको वातावरण तनावग्रस्त बनेको उनले बताए ।

उक्त घटनाको बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?