को-को पुगे प्रधानमन्त्री ओलीलाई भेट्न शिक्षण अस्पताल ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधार नभएपछि  अस्पतालमा भर्ना गरिएको छ ।  

गत शुक्रबारदेखि सरकारी निवासमै आराम गरिरहेका प्रधानमन्त्री ओलीलाई सोमबार बिहान पुनः त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको हो।

प्रधानमन्त्री ओलीलाई अस्पतालमा भर्ना गरेलगत्तै पुष्प कमल दहाल प्रचण्ड अस्पताल पुगेका थिए । 

त्यसैगरि, गृहमन्त्री रामबहादुर थापा,  शिक्षामन्त्री गिरिराज मणि पोखरेल र नेकपा नेता झलनाथ खनाल पनि ओलीको स्वास्थ अबस्था बारे बुझ्न अस्पताल पुगेका छन्  ।

प्रधानमन्त्री ओलीको अहिले शिक्षण अस्पतालको सिसियूमा राखेर उपचार भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । 

यसअघि आइतबार सचिवालयले ओलीलाई मौसमी रुघाखोकी र हल्का ज्वरो आएको जानकारी दिएको थियो ।

चिकित्सकको सल्लाहबमोजिम उनी  नियमित भेटघाट र बैठकबाट टाढा रही निवासमै आरामरत रहेको जानकारी पनि दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?