काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको (नेकपा)ले विजयादशमी, दीपावली, नेपाल सम्वत् र छठका अवसरमा शनिबार चियापान कार्यक्रमको आयोजना गरेको छ ।
भृकुटीमण्डपमा हुने चियापानमा पार्टीले करीब ५० हजारलाई निम्ता गरिएको र करीब ३५ हजार सहभागी हुने अनुमान नेकपाले गरेको छ ।
कार्यक्रमलाई व्यवस्थित बनाउनका लागि ३ सय स्वयंसेवक परिचालन गरिएको छ ।
शनिबार अपराह्न १२ बजेदेखि ५ बजेसम्म चियापान कार्यक्रम चल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया