काठमाडौं । बझाङमा जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
बझाङका डीएसपी जागेश्वर भण्डारीले ६ जनाको घटनास्थलमै मृत्यु भएको र हाल उद्दार कार्य जारी रहेको बताए ।
जीप भीरबाट खसेको प्रहरीले जनाएको छ ।
स्थानीय डुङ्ग्रीबाट मष्टातर्फ गइरहेको जीप दुर्घटना भएको प्रहरीको भनाइ छ ।
दुर्घटनामा परेकाहरुको उद्धारकार्य जारी रहेको घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया