राजु गुरुङको मुद्दामा पेशी तोकियो

लोकपथ
168
Shares

काठमाडौं । रुपन्देही–२ मा गठबन्धनबाट उम्मेदवार बनेका राजु गुरुङको मुद्दामा पेशी तोकिएको छ ।

गठबन्धनका तर्फबाट उम्मेदवार बनेका उनको लेनदेन मुद्दाको कारण देखाउँदै निर्वाचन अधिकृतको कार्यालयले उनको उम्मेदवारी खारेज गरेको थियो । उम्मेदवारी खारेज भएसँगै उनी त्यसको विरुद्ध सर्वोच्च गएका थिए । आइतबार सर्वोच्च अदालतले प्रारम्भिक सुनुवाई गर्दै गुरुङको उम्मेदवारी कायम राख्न अल्पलकालिन अन्तरिम आदेश जारी गरेको थियो ।

आजका लागि लागि दुवै पक्षलाई बोलाइ अन्तरिम आदेश दिने वा नदिने भन्ने सन्दर्भमा निर्णय आउने बताइएको छ ।

आजको लागि न्यायाधिशद्वय सुस्मलता रेग्मी र कुमार चुँडालको संयुक्त इजलासमा उक्त मुद्दा परेको छ ।

गुरुङको उम्मेदवारी कायम रहेको अवस्थामा उनको प्रतिष्पर्धा नेकपा एमालेका उम्मेदवार विष्णु पौडेलसँग हुनेछ ।

यसअघि प्रकाशित यो पनि 

सर्वोच्चको आदेशसँगै अब के होला गुरुङको उम्मेदवारी ? (आदेशसहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?