भेडासिंहबाट १ किलो ४ सय ग्राम अवैध सुनसहित भारतीय नागरिक पक्राउ

लोकपथ
49
Shares

काठमाडौं । प्रहरीले काठमाडौंको भेडासिंहबाट १ किलो ४ सय ग्राम अवैध सुनसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतीय नागरिक माणिक दास रहेका छन् । उनले भेडासिंहमा टञ्च हाउस सञ्चालन गर्दै आएको प्रहरीले जनाएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीका अनुसार दासको साथबाट १ किलो ४ सय ग्राम सुन तथा विभिन्न गहना बरामद गरिएको छ ।

यस्तै, उनको साथबाट ७ लाख ५० हजार रुपैयाँ नगदसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?