काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नाम विवादबारे निर्णय गर्न निर्वाचन आयोगमा आयोगका आयुक्तहरुको इजलास शुरु भएको छ ।
आयोगका प्रवक्ता दीपक सुवेदीका अनुसार शुक्रवारको आयोगका आयुक्तहरुको इजलासले ‘नेकपा’को नाम विवादबारे निर्णय लिने बताएका हुन् ।
गत जेठ ३ गते दुई सत्तारुढ दल नेकपा एमाले र माओवादी केन्द्रबीच भएको पार्टी एकीकरण पछि पार्टीको नाम (नेकपा) राखिएको थियो । तर, सत्तारुढ नेकपाले आफूहरुको नाम जुधाएको भन्दै ऋषि कट्टेल नेतृत्वको नेकपाले निर्वाचन आयोगमा उजुरी दिएको थियो ।
उक्त उजुरीमाथि प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव, आयुक्तहरु इला शर्मा, नरेन्द्र दाहाल र ईश्वरीप्रसाद पौडेलको इजलासले निर्णय गर्नेछ ।
बिहीवारको इजलासमा आयुक्त इला शर्मा उपस्थित थिइनन् । बुधबारको इजलासमा पनि एक जना आयुक्त उपस्थित नभएकाले निर्णय हुन नसकेको प्रवक्ता सुवेदीले जानकारी दिए ।
तर, शुक्रबार सबै आयुक्तहरु उपस्थित हुने र ‘नेकपा’को नाम विवादबारे निर्णय हुने आयोगले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया