निर्मला हत्याकाण्डमा गृहको एक्सन : एसपी विष्ट र इन्सपेक्टर भट्टको जागिर गयो

काठमाडौं– निर्मला पन्त हत्या प्रकरणका आरोपी कञ्चनपुरका तत्कालिन एसपी डिल्लीराज विष्ट र इन्सपेक्टर जगदीश भट्टको जागिर गएको छ ।

गृह मन्त्रालयले बिहिबार उनीहरुलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

 गृहसचिव प्रेमकुमार राईको निर्देशनानुसार प्रहरी प्रधान कार्यालयले निलम्बित एसपी विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टसँग स्पष्टीकरण सोधेको थियो ।

सो अनुसार उनीहरुले बुधबार स्पष्टीकरण बुझाएपछि मन्त्रालयले बर्खास्तीको निर्णय गरेको हो ।

 प्रहरी प्रधान कार्यालयले विष्ट र भट्टले नियतवश प्रमाण नष्ट गरेको भन्दै प्रहरी नियमावली अनुसार बर्खास्तीका लागि गृह मन्त्रालयमा पत्र पठाएको थियो ।

गत साउन १० गते रोशनी बमको घरमा  गएकी १३ वर्षीया निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा साउन ११ गते बिहान उखुबारीमा शव भेटिएको थियो।      

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?