भाेलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

लोकपथ
315
Shares

काठमाडाैं । शताब्दी पुरुष सत्यमाेहन जोशीको निधनको शोकमा सरकारले मंगलबार सार्वजनिक बिदा दिने भएको छ । जोशीको आइतबार बिहान ग्वार्कोस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १०३ वर्षको उमेरमा निधन भएको थियो ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले सोमबार एक विज्ञप्ति जारी गरी १ कात्तिक मंगलबार देशभर सार्वजनिक बिदा दिने तथा राष्ट्रिय झण्डा झुकाउने निर्णय भएको बताए ।

हिजाे आइतबार नै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले जोशीको निधनको शोकमा एक दिन सार्वजनिक बिदा दिने घोषणा गरेका थिए।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?