कांग्रेसको घोषणापत्रको आवरणमा एमाले महासचिवको चुनाव प्रचार

लोकपथ
175
Shares

काठमाडौं । मंसिर ४ को निर्वाचनका लागि यतिबेला देशको माहोल तातेको छ ।

उम्मेदवारहरु आगामी निर्वाचनका लागि प्रतिवद्धता र प्रचार सामाग्री लिएर आफ्नो चुनावी मैदानमा होमिएका छन् । विभिन्न नारासहित चुनावी अभियानमा होमिएका उम्मेदवारहरुले सहजगता नअपनाउँदा आलोचनामा समेत पर्ने गरेका छन् ।

निर्वाचन प्रचारप्रसारको क्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेलको चुनाव प्रचार प्रसार सामाग्री विवादमा परेको छ । दाङ क्षेत्र नं २ बाट उम्मेदवार बनेका पोखरेलको प्रचार सामग्री नेपाली कांग्रेसको घोषणापत्रको आवरणमा बनाइएको छ ।

नेपाली कांग्रेसले २०७४ सालको घोषणापत्रको आवरणमा एमाले महासचिव पोखरेलको प्रचार सामग्री ‘सुखी नेपाल समृद्ध नेपाली’ र ‘परिवर्तन सम्भव छ हाम्रै पालामा’ भन्ने नारासहित चुनाव प्रचार गरिरहेका छन् ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले पोखरेलले कांग्रेसको घोषणापत्रमा प्रचार बनाइएको भन्दै आलोचना भइरहेको छ । पोखरेल दाङ क्षेत्र नं २ बाट गठबन्धनकी उम्मेदवार रेखा शर्मासँग प्रतिष्पर्धामा रहेका छन् ।

यता–३ मा एमालेबाट उम्मेदवार बनेकी कोमल वलीले समेत प्रचार सामग्रीमा अरुको नारा चोरेकी छिन् । उनले भारत सरकारले २०१४ मा ल्याएको ‘बहुत हुई देश मे महँगाइ की मार अबकी बार मोदी सरकार’ भन्ने नारालाई नेपालीमा उल्था गरेर राखेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?